श्रममन्त्रीले भने -अब कर्मचारी र म्यानपावर व्यवसायीको भेट हुँदैन

श्रममन्त्रीले भने -अब कर्मचारी र म्यानपावर व्यवसायीको भेट हुँदैन

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ७ असोज ।
श्रममन्त्री गोकर्ण बिष्टले अब सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नै नहुने बताउनु भएको छ । केही दिनभित्रै सुरु गर्न लागिएको अनलाइन प्रणालीलाई ईंगित गर्दै उहाँले यस्तो दावी गर्नु भएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बिष्टले व्यवसायीलाई फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हटाइने विश्वास दिलाउनुभयो ।

उहाँले विदेश जाने युवाप्रति व्यवसायीको पनि दायित्व हुने भन्दै त्यसबाट पछि हट्न नपाइने बताउनुभयो । वैदेशिक रोजगारीमा रहेको समस्या हटाउन सरकारले चालेका कदममा व्यवसायीले साथ दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अनियमित काम गर्ने कर्मचारीबारे गुनासो आएको ५ मिनेटमा त्यहँबाट हटाएको उदाहरण पनि प्रस्तुत गर्नुभयो । अब म्यानपावरहरुले पनि आफ्नो कार्यशैली बदल्नुपर्ने मन्त्री बिष्टको भनाइ थियो ।

गलत क्रियाकलापहरु नगर्न आग्रह गर्दै उहाँले शैली बदलेर अघि बढ्दा कामदारको मात्रै नभएर व्यवसायीको पनि हित हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी