एजेन्सी । विवाहका लागि राजगद्दी नै त्यागेका मलेसियाका पूर्वराजा सुल्तान मोहम्मद भीले आफ्नी श्रीमतीले जन्माएको बच्चाको बाबु आफू नभएको जिकिर गरेपछि हंगामा भएको छ ।
छोरी उमेरकी सरियन सुन्दरी ओक्साना भोएभोदिनासँग गत जनवरीमा विवाह गरेका सुल्तानले श्रीमतीले छोरो जन्माएपछि उक्त बच्चा आफ्नो नभएको बताएका हुन् ।
उनीहरुको गत २१ मेमा छोरा जन्मिएको थियो । पूर्व्मिस मस्को ओक्सानासँग विवाहका लागि उनले राजगद्दी नै त्यागेका थिए । उनीहरुको उमेर २४ वर्ष फरक छ । ओक्साना भर्खर २७ वर्षकी भइन् ।
५१ बर्षका सुल्तानले सन्तान अस्वीकार गर्दै ओक्सानालाई छाडेका छन् । उनीहरुबीच यसै महिना पारपाचुके भएको समाचारहरु आएका छन् । सुल्तानका वकिलले पनि ओक्सानासँग उनको न्तिानको बाबु सुल्तान नै भएको प्रमाणित गर्ने आधार नभएको बताएका छन् । यसैबीच ओक्साना भने आफ्नो सन्तान लिएर रुस फर्कन सक्ने अनुमान गरिएको छ ।

उनले भने श्रीमानसँग आफ्नो डिभोर्स नभएको दाबी गरेकी छन् । ‘म उनको (सुल्तान) को जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु’, इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘आफ्नो जीवनको अन्तिम क्षणसम्म उनीसँगै बाँच्न चाहन्छु ।’