एउटा जुत्ताको मूल्य चार करोड ८३ लाख ८० हजार

एउटा जुत्ताको मूल्य चार करोड ८३ लाख ८० हजार

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी ।
एउटा जुत्ताको मूल्य करोड पर्छ भन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर नाइकीको सह संस्थापकले डिजाइन गरेको ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।
लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए ।

न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।
सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो।तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्।
सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह(संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए।यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।
लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्।
यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।
सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी