शुःल्क बृद्धि नियन्त्रण नगरे आन्दोलबाट घटाउने नेविसंघको चेतावनी, शैैक्षिक माफिया नियन्त्रण गर्नुपर्छः डा.महत

शुःल्क बृद्धि नियन्त्रण नगरे आन्दोलबाट घटाउने नेविसंघको चेतावनी, शैैक्षिक माफिया नियन्त्रण गर्नुपर्छः डा.महत

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सर्वसाधारणले निजी विद्यालय र क्याम्पसमा छोराछोरीलाई पढाउन सक्ने वातावरण नभएको बताउनु भएको छ ।
सरकारको शिक्षा नीति बिषयक नेपाल विद्यार्थी संघले आज काठमाडौमा गरेको कार्यक्रममा डा. महतले सर्वशुलभ रुपमा शिक्षा प्रदान गर्न शैक्षिक माफियालाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।
शैक्षीक माफियाका कारण नै शिक्षा क्षेत्र तहसनहस भएको भन्दै उहाँले शैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वशुलभ शिक्षा असम्भव रहेको बताउनु भयो ।

शिक्षा क्षेत्रमा बढ्दो अराजकता अन्त्य गर्नु पर्नेमा जोड दिदै नेता महतले सरकारलाई शैक्षिक क्षेत्रको निगारानी बढाउन आग्रह समेत गर्नुभयो ।

नेबिसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले निजी क्षेत्रमा भएको शुःल्क बृद्धि नियन्त्रण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।

कार्यक्रममा शिक्षाविद् डा.विद्यानाथ कोइराला, डा.सुरेन्द्र केसीलगायतले बढ्दो शुःल्क बृद्धिको विरोध गर्नुभएको थियो । नेविसंघका नेताहरुले भने शुःल्क बृद्धि स–सम्मान नियन्त्रण नगरे आन्दोलबाट घटाउने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी