विदेश पढ्न एनओसी रोकिएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा

विदेश पढ्न एनओसी रोकिएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा

  • बिहिबार, असार २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २६ असार ।

सरकारले बिदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि आवश्यक अनुमतिपत्र नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेपछि विद्यार्थीहरु मारमा परेका छन् ।

मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णयको विरोध विधार्थी तथा व्यवसायीले गरिरहेका छन्। सरकारले जेठको २९ गते सूचना प्रकाशित गरी रोक्ने निर्णय गरेको थियो। तर एनओसी रोकिएको यति लामो समय भईसक्दा समेत कुनै ठोस निर्णय नहुँदा विद्यार्थीसँगै मन्त्रालय पनि अन्योलमा देखिन्छ।

एनओसीको काम अचानक रोकिँदा अहिले हजारौंको संख्यामा रहेका विद्यार्थीहरुको भविष्य अन्योलमा देखिन्छ।

यस अघि प्लस २ लाई उच्च शिक्षाको मान्यता दिदै आएको भएतापनि अहिलेको संशोधित कानुनमा प्लस २ लाई माध्यमिक तहको मान्यता दिइएका कारण एनओसी दिन नसकेको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताउनुभयो ।

यस्तै शर्माका अनुसार जो विद्यार्थीले प्लस २ पास गरेर सो भन्दा माथिल्लो तह पढ्न जान चाहन्छ र प्रकृया पुरा गरेर आएको खण्डमा एनओसी दिइनेछ। छात्रवृत्ति ऐन २०२१ बमोजिम सरकारले यो निर्णय गरेको उहाँको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी