काठमाडौ विश्वविद्यालयमा लागेको ताला पाँच दिनसम्म खुलेनः प्रशासन मौन, विद्यार्थीको पठनपाठन ठप्प

काठमाडौ विश्वविद्यालयमा लागेको ताला पाँच दिनसम्म खुलेनः प्रशासन मौन, विद्यार्थीको पठनपाठन ठप्प

  • मङ्लबार, असार १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काभ्रे, १७ असार ।
काठमाडौ विश्वविद्यालयमा लागेको ताला पाँच दिनसम्म पनि खुलेको छैन । ताला नखुल्दा हजारौ बिद्यार्थीको पठनपाठन ठप्प भएको छ ।

विद्यार्थी कल्याण परिषदको निर्वाचन र स्थगित गरिएको खेलकुद सप्ताह हुने सुनिश्चिता लगायतका बिभिन्न आठ बुदे माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वव्यु)ले गत शुक्रवार विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।

माग पु्रा नभएसम्म आन्दोलन नरोकिने अनेरास्वव्यूको अडान तथा विश्वविद्यालयको वेवास्थाका कारण हजारौ विद्यार्थीहरु पठनपाठनबाट बन्चित भएका छन् ।

पाँच दिनदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदापनि विश्वविद्यालय प्रशासन मौन बसेको छ । ताला खोलाएर पठनपाठन सुचारु गर्नेतर्फ कुनै पहल नगरेका कारण हजारौ विद्यार्थीहरु पठनपाठनबाट वन्चित हुनुपरेको भन्दै विद्यार्थीहरुले भने विरोध गरेका छन् ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यार्थी संगठनलाई तालाबन्दी गरेर पठनपाठन नै ठप्प नपार्न आग्रह गर्दै विश्वविद्यालय प्रशासनलाई तत्काल ताला खोलेर पठनपाठन सुचारु गराउन माग गरेका छन् ।

विश्वविद्यालय प्रशासनको वेवास्थया तथा लापरवाहिका कारण शैक्षीक गुणस्तर खस्कदै गएको भन्दै सुधारका लागि पहल गर्नुपर्ने अखिल (क्रान्तिकारी)का नेता दिपक शर्मा बताउनुहुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी