राैतहटकाे सरस्वती माविलाई गाउँपालिका अध्यक्षकाे साथ, स्वकीय सचिवकाे सबै तलब सहयाेग

राैतहटकाे सरस्वती माविलाई गाउँपालिका अध्यक्षकाे साथ, स्वकीय सचिवकाे सबै तलब सहयाेग

  • शनिबार, असार १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

रौतहट, १४ असार ।

निजी विद्यालय तर्फ बढ्दै गएको आकर्षणलाई कम गरी अभिभावकहरुलाई सरकारी विद्यालय तर्फ आकर्षित बनाउनका लागि दुर्गा भगवती गाउँपालिकाको विशेष पहलमा सरस्वती माध्यमिक विद्यालय पिपरामा शुक्रवार देखि अंग्रेजी माध्यमबाट कक्षा संचालन भएका छन् ।

रौतहटको दुर्गा भगवती २ मा रहेको सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अंग्रेजी माध्यमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष अरुणकुमार साहले निजी विद्यालय तर्फ स्थानीय अभिभावकहरुको बढिरहेको आकर्षणलाई कम गराई सरकारी विद्यालय प्रति विद्यार्थीहरुको रुची बढाउने उद्देश्यबाट यस विद्यालयमा कक्षा ८ र ९ मा अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाबाट वेहोर्ने गरी शुभारम्भ गरिएको बताएका हुन् ।

पहिलो चरणमा पाइलट कार्यक्रम अनुसार ८ र ९ मा सुरुआत गरिएको भौतिक पूर्वाधार तथा आय अवस्थामा सुधार आएपछि विस्तारै आउदो बर्ष देखि कक्षा ५ देखि अंग्रेजी मिडियममा कक्षा संचालन गर्ने तयारी भईरहेको स्पष्ट पारे । तिन महिना ढिलाई भएपनि बर्षे विदामा उक्त ग्यापलाई फुलफिल गर्न शिक्षकहरु तयार रहेको हुँदा सरकारी विदालयमा गुणस्तरिय शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताए ।

स्वकीय सचिव राख्ने सुविधा राज्यबाट पाएको भएपनि उक्त सुविधाबाट आउने रकम विद्यालयलाई दिने वाचा गर्दै नेपाली माध्यमबाट अध्यापन भईरहेको यस विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन गर्ने इच्छुक एवं जेहन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा कक्षा संचालनको लागि व्यवस्थापन गरिएको जानकारी दिए ।

यस एतिहासिक विद्यालयको गौरवमय इतिहासलाई कायम राख्नका निमित्त गाउँपालिकाबाट हुने सम्पुर्ण सहयोगको पुरा गरिने भविष्यमा आफनो तलव दिने अवस्था आएमा त्यो पनि यहाँका विद्यार्थीहरुका लागि समर्पित गरिने प्रष्ट पारे । स्थानीय तहको निर्वाचनको समयमा आफूले जनता संग गरेको वाचा पुरा भईरहदा निकै खुशी लागेको छ ।

वागमती, झाझ र डोरी खोलाबाट घेरिएका दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका बासिन्दाहरुलाई बाहिर गएर गुणस्तरिय शिक्षा लिन निकै कठिनाई भईरहेको तथा सरकारी विद्यालयको अवस्था निकै दयनिय हुँदा निजी विद्यालय तर्फ आकर्षण बढेकोमा सरकारी विद्यालयमा गुणस्तरिय शिक्षाको व्यवस्थापन गरिएको हुँदा निजी विद्यालय तर्फ जाने बाध्यता अब समाप्त भएको बताए ।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेनारायण साह, समाजसेवी राजेश चौधरी, नेकपाको युवा नेता शम्भु सिंह, युवा छोटन सिंह, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मेन्द्र साह, वडाध्यक्ष सुरेश चौधरी सहित स्थानीय अभिभावकहरु अंग्रेजी माध्यमबाट कक्षा संचालन गराउनमा गाउँपालिकाको कार्यालयबाट भएको सहयोगलाई सकारात्क रुपमा लिदै राम्ररी ढंगबाट कक्षा संचालन गर्न आग्रह गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी