कांग्रेसका सांसद थापाको प्रश्न –गुणस्तर शिक्षा भनेको अंग्रेजी मात्र हो ?

कांग्रेसका सांसद थापाको प्रश्न –गुणस्तर शिक्षा भनेको अंग्रेजी मात्र हो ?

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, जेठ ३० ।
नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई र्पुयाएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिनु भएको छ ।

प्रतिपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षा मन्त्रालय स्तरीय समितिको संयोजक समेत रहेका थापाले मन्त्रालयको बजेट कटौती गर्न प्रस्ताव राख्नु भएको हो ।

आज संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले मुलुकभर रहेका ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्रमा योग्य शिक्षकले पढाउनु पर्नेमा ८ कक्षा पास गरेकोले ६ हजारमा पढाउन बाध्य भएकाले संविधानले यस्तो गर्न नपाईने बताउनुभयो ।

नेता थापाले यसको जिम्मा कांग्रेस, हिजोको एमाले, माओवादी सबैले लिनुपर्ने र बदल्ने काम पनि सबैले लिनुपर्नैमा जोड दिनुभयो । यसको सम्बन्धमा अहिले जे जति भएको छ त्यसबाट सम्भव नभएको बताउनुभयो ।

सांसद थापाले एकपछि अर्को स्थानीय सरकारको अधिकार खोस्ने काम भएको असन्तुष्टि जनाउनुभयो । गुणस्तर भनेको अंग्रेजी भन्ने मात्र बुझेको भन्दै उहाँले मन्त्रालयको बजेटमा प्रश्न उठाउनुभयो । ४०० विद्यालयलाई दिने भनेको एक मुष्ट अनुदान दुई वर्षदेखि खर्च हुन नसकेको भन्दै उहाँले यो वर्ष के गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी