एप्पलद्धारा नयाँ अपरेटिङ सिस्टम लन्च

एप्पलद्धारा नयाँ अपरेटिङ सिस्टम लन्च

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

एप्पलले आफ्नो डेभलपर्स कन्फ्रेन्समा नयाँ आईफोन र आईप्याडका लागि नयाँ अपरेटिङ सिस्टम लन्च गरेको छ। कम्पनीले डब्लूडब्लूडीएस २०१९ मा नयाँ अपरेटिङ सिस्टम आईओएस १३ लन्च गरेको हो। कम्पनीले आईप्याडका लागि भने छुट्टै अपरेटिङ सिस्टम आईप्याडओएस पनि लन्च गरेको छ। म्याकओएस क्याटालिना, म्याक प्रोलाई पनि मोडुलर डिजाइनमा सार्वजनिक गरिएको छ।

नयाँ अपरेटिङ सिस्टम एप्पलको आईफोन सिक्स एस वा त्यो भन्दा नयाँ डिभाइसमा मात्र उपलब्ध हुनेछ। यसको अर्थ अब तपाईँले आईफोन सिक्स तथा त्यो भन्दा पुराना डिभाइसमा नयाँ अपडेट पाउनुहुने छैन। आईओएस १३ भर्जन उपलब्ध हुने सेटमा आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन एक्सआर, आईफोन एक्स, आईफोन ८, आईफोन एट प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन सिक्स एस, आईफोन सिक्सएस प्लस, आईफोन एसई र आईपड टच सेभेन्थ जेनेरेसन छन्।

त्यसैगरि आईप्याडका लागि भनेर सार्वजनिक गरिएको आईप्याड ओएस एप्पल आईपयाड एयर २, एयर थर्ड जेनेरेसन, आईप्याड मिनी ५ जेनेरेसन तथा आईप्याड प्रो मोडलका सबै भर्सनमा अपडेट गर्न सकिनेछ। एप्पलको आईओएस १३ भर्सन उपलब्ध हुने डिभाइसमा आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन एक्सआर, आईफोन एक्स, आईफोन ८, आईफोन एट प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन सिक्स एस, आईफोन सिक्सएस प्लस, आईफोन एसई र आईपड टच सेभेन्थ जेनेरेसन छन्।

एप्पलकाअनुसार हाल एप्पल डिभाइस प्रयोगकर्तामध्ये ८५ प्रतिशतले पछिल्लो अपरेटिङ सिस्टमको भर्सन प्रयोग गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी