जेठ २२ र २३ गते युवा वैज्ञानिक सम्मेलन हुने

जेठ २२ र २३ गते युवा वैज्ञानिक सम्मेलन हुने

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

सार्क क्षेत्रमा विज्ञान, प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्ने उदेश्यले प्रदेश ३ सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ ।

जेठ २२ र २३ गते हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्यान्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिक सहभागी हुनेछन् ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा सम्मेलन गर्न लागिएकाे हाे ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी उक्सत जानकारी दिएकाे हाे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराको सार्थक कार्यान्वयन गर्न सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्‍याउने सम्मेलनका संयोजक दीपक अर्यालको भनाइ छ । जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर, वन, कृषि, पर्यटन, जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोस्टर प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरिनेछ ।

विश्वविद्यालयमा प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा उतार्न सम्मेलन सेतु बन्ने प्रा. रामेश्वर अधिकारी र विनोद दवाडीले बताए । नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।

आर्थिक समृद्धिलाई सघाउन मन्त्रालयले पहिलो पटक सम्मेलन आयोजना गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी