१५ हजार कर्मचारीका लागि बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग, कुन प्रदेशमा कति कर्मचारी माग ?

१५ हजार कर्मचारीका लागि बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग, कुन प्रदेशमा कति कर्मचारी माग ?

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, १४ जेठ ।

लोक सेवा आयोगले भोली विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई पठाएको आवश्यक कर्मचारी सङख्याको आधारमा विज्ञापन खुलाउन लागेको हो ।

सात प्रदेशका पाँच सय ५५ स्थानीय तहबाट १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण आयोगमा पुगेको छ । मन्त्रालयकै प्रस्तावअनुसार आयोगले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको हो।

लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको आयोगले नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।


त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ । पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ। दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ। दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ । छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ। पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ।

पाँचौँ तहको अप्राविधिक पदमा पहिलो चरणको परीक्षा र नतिजा साउनमा र चौथो तहका अप्राविधिक पदको पदपूर्ति खुलाबाट दुई चरणमा हुनेछ । पहिलो चरणको परीक्षा साउनमा गरेर साउनमै नतिजा प्रकाशित गर्ने लोकसेवाको तयारी छ। दोस्रो चरणको भने परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ।
त्यस्तै, चौथो तहका प्राविधिक पदको पदपूर्ति पनि खुलाबाटै हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी