स्वदेशमै विश्वस्तरको शिक्षा प्रणाली विकास गर्नुपर्छः नेता खनाल

स्वदेशमै विश्वस्तरको शिक्षा प्रणाली विकास गर्नुपर्छः नेता खनाल

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाण्डौ, ११ जेठ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाका नेता झलनाथ खनालले स्वदेशमा नै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिर्वतन गगरि बर्षेनी ठूलो संख्यामा उच्चशिक्षा अध्ययनका लागि बाहिरिने नेपाली विद्यार्थीलाई रोक्ने गरि शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए ।

शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौति र सम्भावना हेरेर शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरी अद्यावधि गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्नेमा उनले बताए ।

२०४६ सालदेखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरी शिक्षामा आमूल परिर्वतन गर्न खोजेको नेता खनालले स्पष्ट पारे ।
शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी