त्रिवि शिक्षा आयोग खारेजीको माग गर्दै धर्ना, सशक्त आन्दोलनको चेतावनी

त्रिवि शिक्षा आयोग खारेजीको माग गर्दै धर्ना, सशक्त आन्दोलनको चेतावनी

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, जेठ ८ ।
त्रिभुवन विश्वविद्यालय शिक्षा आयोग खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज आयोगको मूलगेटमा धर्ना दिएको छ ।

आयोगका ‘भ्रष्ट’ कर्मचारीलाई तत्काल बर्खास्त गर्न र अवैधानिकरुपमा प्रकाशित त्रिवि सेवा आयोगको परीक्षा खारेज गरिनुपर्ने भन्दै विद्यार्थी संगठनले धर्ना दिएको हो ।

धर्नामा ऐक्यबद्धता जनाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आयोगको गतिविधिले विश्वविद्यालयकै प्रतिष्ठामाथि आँच आएको भन्दै माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

विद्यार्थीको धर्नामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, क्रान्तिकारी युवा लिग, अखिल नेपाल महिला संघ क्रान्तिकारीलेलगायतले ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी