१० दिने अल्टिमेटमसहित अखिल(क्रान्तिकारी)ले शिक्षा मन्त्रीलाई बुझायो ६ बुदे मागपत्र (मागपत्रसहित)

१० दिने अल्टिमेटमसहित अखिल(क्रान्तिकारी)ले शिक्षा मन्त्रीलाई बुझायो ६ बुदे मागपत्र (मागपत्रसहित)

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

वैशाख १०, काठमाडौ। 
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मंगलवार शिक्षामन्त्रीलाई ६ बुदे मागपत्र बुझाएको छ ।
सिंहदरवारस्थित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालको नेतृत्वमा गएको टोलीले शिक्षा सचिव खगराज बरालमार्फत शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई मागपत्र बुझाएको हो ।
राज्यले लिएको भनिएको समाजवाद उन्मुख शिक्षा नीतिको विपरित शिक्षालाई निजीकरण गर्नाले विद्यार्थी र आमअभिभावकलाई नराम्रोसँग थिलथिलो पारेको भन्दै संगठनले शिक्षा क्षेत्रमा मौलाएको निजीकरण र ब्यापारिकरण बन्द गर्न माग गरेको छ ।
छ बुदे माहरुमा निजी शिक्षण संस्थाहरुले देशव्यापी रुपमा अवैज्ञानिक ढंगले ४० प्रतिशतसम्म शुल्क वृद्धि गरेको पाईएकोले तत्काल शुल्क खारेज गरी कार्वाहि गनुपर्ने लगायत रहेका छन् ।
सरकारी सामुदायीक विद्यालयहरुमा भाषाको नाममा बिद्यार्थीहरुमाथि हुनेगगरेको विभेदलाई संस्थागत गर्न खोजीएकोले उक्त कार्य तत्काल खारेज गरि समान र निशुल्क रुपमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।
संगठनले निजी तथा संस्थागत विद्यालयले कानुनको समेत धज्जी उडाउदै विद्यालयलाई व्यापरीक केन्द्र जस्तो बनाएर पुस्तक, टाइ, वेल्ट, युनिफर्म आदि बेच्ने गरेको भन्दै कार्वाहिको समेत माग गरेको छ । साथै विगतमा शिक्षा मन्त्रालय तथा विद्यार्थी संघ संगठनहरुबीच भएका महत्वपूर्ण निर्णयहरु अविलम्ब कार्यान्वयन गरी संविधानमा मौलिक अधिकारको रुपमा राखिएके शिक्षालाई व्यवहारिक रुपमा सबै बिद्यार्थीलाई समेट्ने गरी कार्यान्वयन गर्न पनि शिक्षामन्त्रीसँग संगठनले माग गरेको छ ।
संगठनले राखेका मागहरु दश दिनभित्र पुरा गर्न १० दिनको अल्टिमेटम समेत दिईएको छ ।
आफुहरुले राखेका माग विद्यार्थी र अविभावकसँग प्रत्यक्षरुपले जोडिएकाले दश दिन भित्र सम्बोधन गर्न आग्रह गर्दै संगठनका अध्यक्ष ढकालले अन्यथा आन्दोलनबाट हुने परिस्थितीको जिम्मेवार स्वयम् सम्बिन्धित पक्ष नै हुने चेतावनी समेत दिएका छन् ।

हेर्नुहाेस् मागपत्र । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी