सरकारको दमन र शिक्षा क्षेत्रको विकृतिविरुद्ध प्रतिरोध संघर्षमा उत्रन अखिल(क्रान्तिकारी)को अपिल(विज्ञप्तीसहित)

सरकारको दमन र शिक्षा क्षेत्रको विकृतिविरुद्ध प्रतिरोध संघर्षमा उत्रन अखिल(क्रान्तिकारी)को अपिल(विज्ञप्तीसहित)

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौं, ९ वैशाख ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका विकृति÷विसंगति र सामाजिक दलाल फाँसिवादी सरकारको दमनका विरुद्ध देशव्यापी प्रतिरोध संघर्षमा उत्रन आह्वान गरेको छ ।
संगठनका अध्यक्ष चिरन्जीवी ढकालले राजनैतिक तथा शैक्षिक बिषयहरुमा संगठनको धारणाहरु सार्वजनिक गर्दै सरकारको दमन र शिक्षा क्षेत्रमा देखिएको विकृति बिरुद्ध संघर्षमा उत्रन अपिल गरेका हुन् ।
नयाँ शैक्षीक सत्रको सुरुमै अधिकाशं संस्थागत विद्यालयहरुले विभिन्न वहाना वनाएर अविभावकहरुको ढाड सेक्ने गरी ४० प्रतिशत सम्म गरेको शुल्क वृद्धिप्रति संगठनले घोर आपत्ति जनाउदैँ वैज्ञानिक शुल्क निर्धिारण गर्न, पहिला भएका सहमतिहरुको अक्षरस पालना गर्न र चर्को रुपमा लिईएको शुल्क अविभावकलाई फिर्ता गर्न पनि माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, संविधानमा शिक्षालाई मौलिक अधिकारमा राख्ने तर शिक्षा जस्तो संवेदनशिल विषयलाई नितान्त व्यापारको विषय बनाउन वेलगाम छुट दिने सामाजिक दलाल फाँसिवादी सरकारको रवैयाको पनि हाम्रो संगठन घोर भत्सना गर्दछ ।
अध्यक्ष ढकालले विद्यार्थीहरुलाई दुई ओटा वर्गमा विभाजन गरि कतिपय सार्वजनिक विद्यालयहरुमा अग्रेजी र नेपाली भाषा माध्यमको नाममा विद्यार्थीहरुबाट चर्को शुल्क असुलीरहेको भन्दै उक्त कार्यको घोर निन्दा गरेका छन् ।
उनले सबै बिद्यार्थीहरुलाई समान शिक्षा प्रदान गर्नुको साटो आर्थिक स्थिति र भाषाको आधारमा विद्यार्थीबाट चर्को शुल्क लिने र विभाजित गर्नेस कार्य बन्द गर्न पनि माग गरेका छन् ।

साथै अध्यक्ष ढकालले व्यवस्थापन संकायको स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई रजिष्ट्रशन नगरी परिक्षामा सामेल हुन नदिने पोखरा विश्वविद्यालयको निर्ण गैह्रजिम्मेवार रहेको भन्दै एक सेमेस्टर अध्ययन गरिसकेका विद्यार्थीहरुको अध्ययन गर्न पाउँने अधिकार रक्षा गर्न माग गरेका छन् ।
वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाको लागी संघर्षरत संगठनविरुद्ध फाँसिवादी सरकारले देशव्यापी आतंक, गिरफ्तार, यातना, झुठामुद्धा र धरपकडको अभियाननै चलाएको भन्दै अध्यक्ष ढकालले बिरोध गरेका छन् । गिरफ्तार संगठनका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न पनि संगठनले माग गरेको छ ।
संगठनका सचिवालय सदस्य पुष्प न्यौपाने, पदम पोख्रेल र गोरखाबाट घरमै बसिरहेको अवस्थामा गिरफ्तार केन्द्रिय सदस्य अटल पाण्डे लगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्धाहरु लगाईएको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘केपी/पिके सरकार रामवहादुर गृह प्रशासनलाई हाम्रो संगठन माथिको दमन तत्काल बन्द गर्न र गिरफ्तार कमरेडहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी