अनौठो घटनाः २४ हप्ता पाँच दिनमा जन्मियाे २५८ ग्रामकाे बच्चा

अनौठो घटनाः २४ हप्ता पाँच दिनमा जन्मियाे २५८ ग्रामकाे बच्चा

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रेयुसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिका उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक ‘सिजेरियन’ गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मँदा २५८ ग्राममात्र थियो । जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि, अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
अस्पतालको ‘इन्टेन्सिभ केयर’मा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल तीन किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । ‘जन्मँदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएलाजस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो’–आमा तोशिकाले बताइन् । ‘अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुसी लागेको छ’–उनले भनिन् । विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मँदा उनको तौल २५२ ग्राममात्र थियो । अतिसाना बालबालिकाको बाँच्ने दर केटीहरुकोभन्दा केटाहरुको कम हुने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी