चोरले क्रेनको प्रयोग गरी एटीएम मेशिन नै उखेलेर लगे !

चोरले क्रेनको प्रयोग गरी एटीएम मेशिन नै उखेलेर लगे !

  • बिहिबार, चैत्र २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

एजेन्सी, चैत २८ ।
क्रेनको प्रयोग गरेर चोरले एउटा एटीएम मेशिन नै चोरी गरेको छ । उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले क्रेन चोरेर त्यसैले एटीएम मेशिन नै चोरेर लगेका छन् ।
मास्क लगाएर आएका चारजनाको समूहले एटीएम मेशिन चोरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उनीहरुले एटीएम मेशिन चोर्नका लागि क्रेन नै लिएर आएका थिए । सो क्रेनसमेत चोरी गरेर ल्याएको बतईएको छ ।
नजिकै भवन निर्माणमा प्रयोग गरिँदै आएको क्रेन चोरेर उनीहरुले एटीएम मेशिन उखेल्न प्रयोग गरेका थिए । सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा उनीहरुले एटीएम मेशिन रहेको सानो कोठाको छत क्रेनको सहायताले भत्काएका छन् । त्यसपछि उनीहरुले क्रेनकै मद्दतमा एटीएम मेशिन उखेलेर बाहिर निकालेको देखिन्छ ।
उनीहरुले छत खुला भएको एउटा कारमा एटीएम मेशिन राख्ने कोसिस गरे पनि मेशिनको साइज ठूलो भएका कारण कारभित्र पुरै नछिरे पनि सोही अवस्थामा उनीहरु कार लिएर फरार भएका छन् ।
सन् २०१९ मा उत्तरी आयरल्याण्डमा यस प्रकारका चोरीका आठ घटना प्रकाशमा आएका छन् । एटीएम चोरीका घटना बढेपछि प्रहरीले विशेष टिम बनाएर चोरी नियन्त्रणमा प्रयास गरे पनि सफल हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी