स्नातकोत्तर तह प्रथम वर्षका लागि आवेदन खुल्ला, ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन अन्तिम माैका

स्नातकोत्तर तह प्रथम वर्षका लागि आवेदन खुल्ला, ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन अन्तिम माैका

  • आइतवार, चैत्र २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, २४ चैत । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता आवेदन खुल्ला गरिसकेको छ। बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ। विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइनेछ। अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए।

जोशीका अनुसार प्राइभेट परीक्षा फारम भर्ने यो अन्तिम मौका हो। आउँदा शैक्षिक सत्रदेखि विद्यार्थीहरूले प्राइभेटतर्फ फारम भरेर परीक्षा दिन पाउने छैनन्।

क्याम्पस नगइ स्वअध्ययन गरेर परीक्षामा मात्र सहभागी हुन चाहने विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित हुने गरेका छन्।

विशेषगरी सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा लागेका कर्मचारी, सेना, प्रहरी लगायतका सेवामा लागेकाहरूका लागि यो कार्यक्रम लोकिप्रय छ। त्रिविले अहिले स्नातकोत्तर तहमा अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। तर सेमेस्टर प्रणालीमा विद्यार्थीहरू नियमित क्याम्पस हाजिर हुनुपर्छ। क्याम्पस हाजिर हुन नसक्नेको लागि यस्तो परीक्षा प्रणाली लोकप्रिय छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी