भाेलीबाट हुने एसईई परिक्षामा केन्द्राध्यक्ष बाहेकलाई मोवाइल बोक्न प्रतिबन्ध, चाबी चोरेर प्रश्नपत्र निकालिएको खुलासा

भाेलीबाट हुने एसईई परिक्षामा केन्द्राध्यक्ष बाहेकलाई मोवाइल बोक्न प्रतिबन्ध, चाबी चोरेर प्रश्नपत्र निकालिएको खुलासा

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

२१ चैत, महोत्तरी ।
प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)परीक्षा २२ गते बिहान ८ बजेदेखि हुँदैछ ।परीक्षामा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन भन्दै केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न नदिने निर्णय गरिएको शिक्षा विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

बिहीबार बिहान बसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको निर्देशक शर्माले बताए ।अनुगमनका क्रममा मोवाइलको दुरुपयोग भएको पाइएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

साथै बैठकले केही केन्द्रमा परीक्षा हलमा बस्ने निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्न प्रयास नगरेको निश्कर्षसहित दक्ष शिक्षकलाई मात्र निरीक्षक बनाउने निर्णय गरेको छ ।

केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

यसैबीच, एसईई परीक्षाकाेप्रश्नपत्र लिक गराएको आरोपमा पक्राउ परेका ६ जनालाई सप्तरी प्रहरीले बिहीबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ गर्नेमा सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान ब्रम्हदेव सुनरैत र दिपेन्द्रकुमार मण्डल पनि छन् ।

क्रममा प्रदेश दुईमा बाहिरिएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सुरक्षार्थ खटिएका प्रहरी जवानले चाबी चोरेर निकालेको खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी