डाक्टर नै आश्चर्यचकितः पहिलाे बच्चा जन्मिएकाे एक महिनापछि आरिफाले फेरी जुम्ल्याहा बच्चा जन्माईन् …

डाक्टर नै आश्चर्यचकितः पहिलाे बच्चा जन्मिएकाे एक महिनापछि आरिफाले फेरी जुम्ल्याहा बच्चा जन्माईन् …

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

बंगलादेशकी बीस वर्षीया आरिफा सुल्ताना नाम गरेकी महिलाले छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।
गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी सुल्तानाले त्यसको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी बीबीसीले जनाएकाे छ ।  ग्रामिण क्षेत्रकी सुल्तानाले पहिलो बच्चा खुल्ना जिल्लास्थित खुल्ना मेडिकल कलेज अस्पतालमा जन्माएकी थिइन्। तर त्यसकाे २६ दिनपछि उनलाई पेट दुखेपछि जेसोर जिल्लास्थित अद्दीन अस्पतालमा लगिएको थियो।

त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए। ती जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेका र तिनीहरूलाई अस्पतालबाट घर पठाइसकिएको छ।

“जब बिरामीलाई ल्याइयो हामीले उनको अल्ट्रासाउण्ड परीक्षण गर्‍यौँ र उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पायौँ,” स्त्रीरोग विशेषज्ञ डा. शीला पोद्दारले बीबीसीलाई बताइन्।

उनले भनिन्, “यो घटनाबाट हामी एकदमै स्तब्ध र आश्चर्यचकित भएका छौँ। मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ।”आरिफा सुल्ताना र उनका पति एकदमै गरिब भएकाले उनी गर्भवती भएका बेलामा पनि पहिले अल्ट्रासाउण्ड परीक्षण गरिएको थिएन।

सुत्केरी आमा र जुम्ल्याहा बच्चाहरूलाई चार दिनको अस्पताल बसाइपछि मार्च २५ तारिखमा घर पठाइएको थियो।
उता दुई पाठेघर हुने अवस्था मानिसहरूले सोचेजस्तो दुर्लभ भने नभएकाे डाक्टरकाे भनाइ छ । सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा “दुईवटा पाठेघर हुन सक्छ, यदि पहिले नै गर्भवती अवस्थामा अल्ट्रासाउण्ड परीक्षण गरिएको भए दुईवटा पाठेघर स्पष्ट देखिने थियो,”गाइनेएमडी संस्थाका डा. क्रिस्टोफर ङ भन्छन्, “गर्भधारणका बेला महिलामा तीनवटा डिम्ब उत्पन्न भएको र ती तीनैवटा एकैपटक निषेचित हुन पुगेका हुनसक्छ र परिणाम स्वरूप तीनवटा भ्रूणहरू तयार भएको हुनसक्छ।”
आफ्ना बच्चाहरू देखेर आफूलाई साह्रै खुशी लागेको सुल्तानाले बताइन् तर कमजोर आर्थिक अवस्थाका कारण तिनीहरूलाई हुर्काउन आफूहरूलाई गाह्रो हुने उनको भनाइ रहेको एएफपी समाचार संस्थाले जनाएको छ।

उनका पतिले भने अल्लाहको चमत्कार कै कारण अाफ्ना बच्चाहरू स्वस्थ रहेकाे र तिनीहरूलाई खुशी राख्‍न सबै प्रयास गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी