गुणस्तरीय शिक्षा नभएसम्म जति विश्वविद्यालय खोले पनि अर्थ छैनः सभापति देउवा

गुणस्तरीय शिक्षा नभएसम्म जति विश्वविद्यालय खोले पनि अर्थ छैनः सभापति देउवा

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ९ चैत ।
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आज आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उहाँले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताउनुभयो ।

“नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन”, उहाँले भन्नुभयो । अहिले पनि पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि ती विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको सभापति देउवाले बताउनुभयो ।

काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदीले त्रिविले गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । सो गोष्ठीमा संविधानमा उच्च शिक्षाबारे गरिएको व्यवस्था, गुणस्तरीय शिक्षा र शैक्षिक नीति, नियमलागतयका विषयमा बृहत छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी