फेसबुकमा प्राेफाइल फाेटाे चेन्ज गरेकाे निहुमा प्रेमिले प्रेमिकाकाे दाँत झारीदिए

फेसबुकमा प्राेफाइल फाेटाे चेन्ज गरेकाे निहुमा प्रेमिले प्रेमिकाकाे दाँत झारीदिए

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा एक प्रेमीले प्रेमिकाको दाँत झारिदिएका छन् भने बंगारा भाँचिदिएका छन् । लिभरपुलका लोइस एसटोनलाई उनका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले मुक्का हानेर उनका तीनवटा दाँत भाँच्चिएका छन् ।

म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको थियो । प्रेमिकाले दुईजनाको फोटोबाट आफूलाई हटाएर फेसबुकमा आफ्नो मात्र फोटो राखेका कारण उनी रिसाएका थिए ।एसटोनले भनिन्, ‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’

‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एकपटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने ।’‘मैले त्यतिबेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैं फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो,’ उनले भनिन् ।

एसटनले भनिन्, ‘मलाई त्यतिबेला म मर्दैछु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घिस्रिएर बाटोमा पुगेकी थिएँ ।’आफूमाथि आक्रमण भएको रात म्याकनेयरले आफूलाई महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै भएको बताएका थिए ।

एसटोनले भनिन्, ‘हामी पबमा गयौं तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् ।उनका अनुसार उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेर सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितीमा ब्यूझिइन् । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।

एसटोनले भनिन्, ‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । डेली मेलले लेखेकेा छ,  उनलाई टाउकोमा लात्ताले हाने ।उनले भनिन्, ‘त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्यो ।’

अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् ।म्याकनेयरको बारम्बारको चेतावनीपछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।

एन्ड्रयू म्याकनेर २०१७ नोभेम्बरमा उपस्थित भए जहाँ उनलाई ३६ महिनाको जेल सजायँ तोकियो ।तर एसटोनका अनुसार उनलाई रिहा गरिसकिएको छ । उनले भनिन्, ‘उनलाई ११ महिनापछि नै रिहा गरियो । उनी अब आफ्नो जीवन खुल्ला रुपमा मज्जाले बाँचिरहेका छन् । उनको अवस्था हेर्दा यस्तो लाग्छ कि उनले जे गरे त्यो निकै सामान्य थियो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी