कृषि क्षेत्रमा स्वदेशमै २० लाख रोजगारी सिर्जना हुन्छः मन्त्री विष्ट

कृषि क्षेत्रमा स्वदेशमै २० लाख रोजगारी सिर्जना हुन्छः मन्त्री विष्ट

  • शनिबार, पुस २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पोखरा, पुस २८ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही समयमै वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुने दावी गर्नुभएको छ ।

आज प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले रोजगारीका लागि काम र जनशक्ति जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताउनु भएको हो ।

मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरि काम भइरहको भन्दै धेरै युवाले छिटै रोजगारी पाउने दावी समेत गर्नुभएको छ । अबको ५ वर्ष्भित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने सरकारको महात्कांक्षी योजना रहेको उहाको भनाई छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत देशैभर कृषि क्षेत्रमै बीस लाख रोजगारी सिर्जना गरिने उहाले बताउनु भयो । मन्त्री विष्टले देशलाई छिट्टै खाद्यान्नमा आत्मनिर्भर हुने गरि कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न लागेको दावी पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी