चितवनको विद्यालयलाई पाकिस्तानको सहयोग

चितवनको विद्यालयलाई पाकिस्तानको सहयोग

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

चितवन, २३ पुस ९।  नेपालस्थित पाकिस्तानी राजदूतावासले चितवनको एक विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई आज एक समारोहमा ती सामग्री हस्तान्तरण गरिएको हो । 

नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत जाबेद र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राजदूतावासले व्यवस्थित गरिदिएको प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो । सो प्रयोगशालामा कम्प्युटर टेबल, प्रोजेक्टरसहित आवश्यक सामग्री रहेका छन् । प्रयोगशालाका भित्तामा आकर्षक रङ्गहरु लगाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच भावनात्मक र भातृत्वको सम्बन्ध रहेको बताउनुभयो । राजदूतावासले हरेक वर्ष नेपाली विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो ।

सो अवसरमा महानगरपालिका प्रमुख दाहालले दुई देशबीच घनिष्ट सम्बन्ध कायम रहेको भन्दै भौतिक, प्राविधिक र शिक्षाको क्षेत्रमा पाकिस्तानले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको सभापतित्वमा भएको कार्यक्रममा पाकिस्तानी राजदूतावासका राजनीति र शिक्षा हेर्नुहुने काउन्सिलर अबरर अफ्जल, वडा नं–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेल, विद्यालयका प्राचार्य खगराज कँडेललगायतले बोल्नुभएको थियो ।

पाकिस्तानी राजदूतावासले कम्युटर र प्रयोगशाला व्यवस्थापनमा रु १० लाख नेपाली खर्च भएको जनाएको छ । गतवर्ष पनि विद्यालयलाई दूतावासले चार थान कम्युटर उपलब्ध गराएको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्ममा ७०० जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको कक्षा ६ देखि ८ सम्म अनिवार्य कम्प्युटर विषय पढाइ हँुदै आएको छ । सो विद्यालय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन र अध्यापन गराएको विद्यालय हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी