जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

  • बुधबार, पुस १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो जानकारी दिएको हो।

केही म्यानपावर कम्पनीले विभिन्न पत्रपत्रिकामा जापान रोजगारीमा कामदार पठाउन श्रम अनुमति खुलेको विज्ञापनसमेत गरेको पाइएको विभागले जनाएको छ।

‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भई नसकेको सूचित गराईन्छ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ जापान पठाउने भनी संस्थागत/व्यक्तिगत/कम्पनीबाट गरिएका सबे कामहरु कानुन विपरित देखिएकाले तत्काल यस्ता गतिविधि नगर्न तथा नराउन सबैमा सूचित गरिन्छ।’

 अव त्यस्ता गतिविधि गरेको पाइएमा कानुन वमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी