राष्ट्रिय परीक्षा बोर्डको लापरबाही: डबल डिजिट नम्बर चढाउँदा लब्धाङपत्र नक्कली भएको आशंका

राष्ट्रिय परीक्षा बोर्डको लापरबाही: डबल डिजिट नम्बर चढाउँदा लब्धाङपत्र नक्कली भएको आशंका

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सिङगल डिजिट लब्धाङपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ ।

दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ ।

बोर्डका एक उच्च अधिकारीले लब्धाङपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिँदै भने –‘लब्धाङपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’

तर बोर्डले विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई समस्या परेको जानकारी भएपछि लब्धाङपत्र सच्याइएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले यस्तो समस्या देखिएको स्विकार्दै भन्नुभयो–‘समस्या परेको हो, समाधान गर्ने गरेका छौँ ।’

बोर्डको मुख्यालयको सफ्टवेयरबाट लब्धाङपत्र तयार भएपछि देशैभर रहेका १० वटा कार्यालयबाट प्रिन्ट हुन्छ ।

करारमा रहेका एक जनामात्र इन्जिनियरले करिब १३ लाख विद्यार्थीको लब्धाङपत्र तयार गर्दा गम्भीर त्रुटी देखिएको हो ।

सरकारले जारी गरेको निर्देशनमा ए प्लस देखि इ सम्म ग्रेड ल्याउने विद्यार्थीका लागि सिङगल डिजिटको व्यवस्था गरेको छ ।

तर अधिकांस विद्यार्थीको डबल डिजिट आउने गरेको छ ।

समस्या देखिएपछि बोर्डमा जानकारी गराएका थियौं काठमाडौं कार्यालयका प्रमुख जयन्ती सत्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी