मोबाइलको अत्यधिक प्रयोग स्वास्थ्यका कति घातक ?

मोबाइलको अत्यधिक प्रयोग स्वास्थ्यका कति घातक ?

  • शनिबार, कार्तिक २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ । मोबाइल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्‍याइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तो असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कैयौँ अध्ययन र अनुसन्धान भएपनि अहिलेसम्म स्पष्ट जवाफ आउन सकेको छैन ।

मोबाइलको रेडिएसन एक्स–रे र पराबैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र पराबैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउनचाहिँ सक्दैन । त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन । तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाइएको छ । यसको आधारमा मानव शरीरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ ।

विश्वभर मोबाइलको प्रयोग र क्यान्सरको सम्बन्धमा अनुसन्धानहरू भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या, विशेष ब्रेन ट्युमरबीच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सीधा सम्बन्ध रहेको बताउँछन् ।

रेडियो फ्रिक्वेन्सीले सामान्यतया फोन कल आउँदा बढी असर गर्ने भएकाले मोबाइल सकेसम्म टाउकोभन्दा टाढा राख्नुपर्दछ । लाउड स्पिकर अथवा इयरफोनको प्रयोगद्वारा पनि हामी रेडिएसनको असरबाट बच्न सक्छौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी