नेपाल आइजिएफ शुक्रबारदेखि हुने

नेपाल आइजिएफ शुक्रबारदेखि हुने

  • बिहिबार, कार्तिक १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौँ, १५ कात्तिक। 

इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपालआइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष आयोजना हुने यस्तो फोरमको यस वर्ष मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्स्टिच्युट छनोट भएका छन् ।

फोरममा विद्युतीय अर्थतन्त्र, साइबर सेक्युरिटी, पूर्वाधार विकास, फेक न्यूज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यसैगरी इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा पनि समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोषबाबु सिग्देलले जानकारी दिनुभयो ।

फोरममा फेसबुक, अन्तर्राष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिकजस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाकोसमेत सहभागिता रहने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी