अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला काठमाडौंद्वारा बृहत विरोध प्रदर्शन, कर आतंक बन्द गर्न चेतावनी

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला काठमाडौंद्वारा बृहत विरोध प्रदर्शन, कर आतंक बन्द गर्न चेतावनी

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डाै, १४ असाेज। 

शैक्षिक व्यापारिकरण, बढ्दो महङ्गी, भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछि हत्या एवं देशै भरी भइरहेका शृङ्खलाबद्ध बलात्कार र हत्याका विरुद्ध आइतबार अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौँले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमासहितको र्याली त्रि–चन्द्र ब्याम्पसबाट सुरु भएर कमलादी, पुतलिसडक पद्मोदय मोड हुदै प्रदर्शनी मार्गमा गइ आरआर क्याम्पस अगाडि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै क्याम्पस जिल्लाका इन्चार्ज एवं अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य ललित वि.क. ले ओली सरकारले दसैंको मुखैमा गाडिभाडा बढाएर जनतालाई शोषण गरेको बताए ।

उनले कथित वामपन्थी सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको नाराले ओलीका उखान जस्तै हावा खाएको कटाक्ष गरेका छन् । उनले अक्षम सरकार र अक्षम गृहमन्त्रीले निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन सक्दैन भने अखिल(क्रान्तिकारि) लाई जिम्मा दिन भन्दै आफुहरुले पत्ता लागाएर कारबाही गर्ने चुनौती दिएका छन् ।

केन्द्रीय सदस्य वि.कले राज्य र स्थानीय निकाएको कर आतंक बन्द गर्न चेतावनी दिदै नगरे युवा विद्यार्थी र जनताले खारेज गर्ने बताए । उनले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर सरकारले नौटङ्की गर्नुका साथै हिरासदमा चरम यातना दिएकोप्रति इङ्कित गर्दै गणतान्त्रका विरोधी र महाकालीका व्यापारी केपी सरकारको हर्कतले नेपाली मात्रै होइन जगलाई नै हसाँउने काम गरेको बताए । विकले नेकपाका नेता–कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहाई गर्न पनि माग गरे ।
यस्तै उक्त कोणसभा लाई सम्बोधन गर्दै क्याम्पस जिल्लाका अध्यक्ष उषाकिरण आजादले केपी ओली र प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले नै शिक्षामा व्यापरिकरण गरेको आरोप लागाए । अध्यक्ष आजादले दशैं र तिहारको मुखैमा गाडिभाडा र पेट्रोलियम पदार्थको मुल्लीयम वृदी गरेर श्रमजीवी जनताको ढाड सेक्ने मात्रै होइन कम्युनिस्ट नामको नै मजाक उडाएको आरोप लगाए । उनले केपी प्रचण्डहरुले जमता लुट्नेहरुको नेतृत्व गर्नुका साथै आफै लुटिरहेकोले प्रहरीले उनीहरु को संरक्षण गरी जनतामाथि दमन गर्ने वा जनतालाई सहयोग गर्ने सेना र प्रहरीले फैसला गर्ने बेला भइसकेको बताए ।
अध्यक्ष आजादले प्रचण्ड र वादलले जनयुद्ध सहिदहरु र बेपत्ता घाइतेहरुलाई थाङ्नामा सुताउदै सहिदको रगत माथि दलालहरुसँग मिलेर बुट्बजारेको आरोप लागाउदै उनीहरुलाई नेपाली विद्यार्थीहरु र श्रमजीवी जनताले धुलो चटाउने दिन नजिकै भएको उद्द्घोष गरे ।
आयल निगम र यतायत विभागलाई चेतवानी दिदै केपी सरकारले घोषणाको मुल्य बृद्धि लागू गरे उनीहरुको सुरक्षा केपी र रामबहादुर सरकारले गर्न नसक्ने भन्दै अखिल (क्रान्तिकारी) ले गतिलो पाठ पढाउन आइपुग्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी