सिन्धुपाल्चोकमा दियो गोरुले दूध !, यस्तो छ वास्तविकता(भिडियोसहित)

सिन्धुपाल्चोकमा दियो गोरुले दूध !, यस्तो छ वास्तविकता(भिडियोसहित)

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

सिन्धुपाल्चोक । मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ ।

तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ । अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ ।

तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको छ । तामाङका अनुसार अहिने हेर्न आउने सबैले शिवजीको वाहन भनेर पूजा गर्ने गरेका छन् ।

गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दूध दिएको हेर्न पुग्नुभएका गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि गोरुले सबैलाई चकित बनाएको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउनुहुन्छ ।

गोरुले दूध दिनु विज्ञानसम्मत नभएको वरिष्ठ पशु चिकित्सक डाः शरदसिंह यादवले बताउनुभयो । यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उहाँको भनाई छ । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उहाँको भनाई छ ।

-उज्यालो अनलाईनबाट

हेर्नुहाेस् भिडियाे

https://www.facebook.com/sumi.sherpa.900/videos/705862946431962/?t=85

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी