याे कुकुरको टाउकाको मूल्य ८० लाख तोकिएपछि सुरक्षार्थ दुईजना बन्दुकधारी प्रहरी खटिए,  यस्ताे छ कारण 

याे कुकुरको टाउकाको मूल्य ८० लाख तोकिएपछि सुरक्षार्थ दुईजना बन्दुकधारी प्रहरी खटिए,  यस्ताे छ कारण 

  • सोमवार, साउन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 31.3K
    SHARES

सुन्दा अचम्म लाग्न सक्छ कुकुरकाे मूल्य ८० लाख ताेकिएकाे भन्दा । तर याे सत्य हाे ।  लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश दक्षिण अमेरिकी देश कोलम्बियामा रहेकाे एउटा कुकुरकाे टाउकाेकाे  मूल्य ताेकिएकाे हो ।

२ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न  प्रहरीलाइ  सहयोग गरेको सोम्ब्रा नामक उक्त कुकुरकाे लागुऔषध अपराधीहरुले टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

कोलम्बियाको पुलिसले नै यो कुकुरका विषयमा ट्विट गरेर यसको योगदानका विषयमा सुरुमा जानकारी प्रदान गरेको थियो । शेफर्ड जातको सोम्ब्रा कुकुरले पछिल्लो दुई वर्षदेखि कोलम्बियाको पुलिस विभागमा काम गर्दै आएको छ । यो कुकुरको सहयोगले पुलिसले २ सय ४५ जना लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यसले देशका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने ग्रेको छ ।

समाचार अनुसार सोम्ब्राले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारी विरुद्ध युद्ध सुरु गरेको हो । यो कुकुरमा लागुऔषध सुँघेर पत्ता लगाउने अद्भुत क्षमता छ । पहिलोपटक सन् २०१६ को मार्च महिलामा यसले बाकसमा लुकाएर तस्करी गर्दै गरिएको २९५८ किलो कोकिन पक्रिएको थियो । उक्त बाकस बेल्जियम तस्करी गरिँदै थियो । त्यसपछि सन् २०१७ को मे महिनामा पनि बेल्जियम पठाउन लागिएको १.१ टन कोकिन यसले पक्राउ गरेको थियो । त्यसपछि ५.३ टन कोकिन पनि उसले पक्रिएको थियो ।

यो कुकुर बुलेटप्रुफ गाडीमा हिड्दछ । यो कुकुरको सुरक्षार्थ दुईजना बन्दुकधारी प्रहरीहरु खटिने गरेका छन् । एयरपोर्टमा पिक आवरमा ६ घण्टाका लागि यसलाई ड्युटीमा खटाइन्छ । यो कुकुरको उमेर ६ वर्षको रहेको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी