भुपु लोग्नेले डिभोर्सपछि दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि नसकिएपछि न्यायाधीशले गरे अन्य पेशी स्थगित

भुपु लोग्नेले डिभोर्सपछि दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि नसकिएपछि न्यायाधीशले गरे अन्य पेशी स्थगित

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 40.7K
    SHARES

एजेन्सी ।

डिभोर्स गरेकी आफ्नी पूर्व पत्नी एक भुपु पतिले दिएको गुजारा भत्ता दिनभरी गन्दा पनि सकिएन ।

भारतको एक अदालत ईजलासमा एकजना महिलालाई उनका पूर्व पतिले दिएको गुजारा भत्ताबापत दिएको २४ हजार ६ सय भारु दिनभर गन्दा पनि नसकिएको हो ।

हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो । सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए ।

खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो ।

डिभोर्सी महिला पेशाले वकिल हुन् भने उनका भुपु पति पनि वकिल नै हुन् । भारतको चण्डीगढमा यो घटना भएको हो । भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएर गन्न भनेपछि ती महिलाले आपत्ति जनाइन् । भुपु लोग्नेले आफुलाई दुख दिनका लागि त्यसो गरेको उनको भनाई थियो ।

तर ती पुरुषले चाहीँ कसैलाई दिनुपर्ने रकम १ सय, २ सय वा २ हजार भारुका नोटमै दिनुपर्छ भन्ने कहीँ नलेखेको दाबी गरे ।

उनको बोरामा लिएर अदालतभित्रै थुप्रो लगाइदिका सिक्काहरु दिनभर पनि गन्न नसकिएपछि न्यायाधीशले चोटिलो आदेश गरे । उनले पैसा बोकेर २७ जुलाईमा पुनः आउन ती पुरुषलाई आदेश दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी