पूर्वमन्त्री तथा सांसद बागुनका ५८ वटि श्रीमती, भन्छन्, श्रीकृष्णको प्रेरणाले ‘गोपिनी’ भित्राए

पूर्वमन्त्री तथा सांसद बागुनका ५८ वटि श्रीमती, भन्छन्, श्रीकृष्णको प्रेरणाले ‘गोपिनी’ भित्राए

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

एजेन्सी ।

५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका बागुन सुम्ब्रुइले ५८ वटी महिलासँग बिहे गरेका छन् ।उनले जीवनको अन्तिम समयसम्म आइपुग्दा आफ्ना सबै पत्नीको नामसम्म याद थिएन ।

यस्ता कीर्तिमानी सांसदको गत जून २२ मा मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ । श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे ।

जीवनमा धेरै महिलासँग बिहे गर्नुको एउटा कारण बताइरहन्थे उनी । भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् अरे । तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ ।

उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे ।

त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए पनि । त्यसैले उनलाई कुनै महिला आफ्नो जीवनमा आउने र छाडेर जाने कुराप्रति कुनै गुनासो रहेन । अनि आउने जाने सबै महिलाको नाम सम्झना गर्न पनि छाडे ।

स्मरणरहोस् बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी