लुम्बिनी बौद्ध विश्वविद्यालय अब अनुसन्धान र अन्वेषणको प्रमुख केन्द्र बन्नुपर्छः प्रधानमन्त्री

लुम्बिनी बौद्ध विश्वविद्यालय अब अनुसन्धान र अन्वेषणको प्रमुख केन्द्र बन्नुपर्छः प्रधानमन्त्री

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, ९ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अध्ययनको मात्र नभई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको काठमाडौमा उद्घाटन गर्दै उहाले अबको विश्वविद्यालय अनुसन्धान र अन्वेषणको प्रमुख केन्द्र बन्नु पर्नेमा जोड दिनुभएको छ ।

अहिलेको आवश्यकता सैद्धान्तिकभन्दा ब्यवहारिक शिक्षा भएको भन्दै उहाले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नु पर्ने पनि उहाको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्रलाई वैज्ञानिकीकरण गर्दै लैजाने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ ।
उहाले शिक्षाबाट कसैलाई बञ्चित हुन नदिन सरकारले बालबालिका भर्ना अभियान तीब्र बनाएको पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी