डा. केसीको माग पुरा गर्न अखिल (क्रान्तिकारी)को माग, गंगामायालाई पैसा दिनु गैरन्यायिकः अध्यक्ष ढकाल

डा. केसीको माग पुरा गर्न अखिल (क्रान्तिकारी)को माग, गंगामायालाई पैसा दिनु गैरन्यायिकः अध्यक्ष ढकाल

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

९ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु जायज भएको भन्दै पूरा गर्न सरकारसँग माग गरेको छ ।

देशमा पछिल्लो समयमा विकसित समसामयिक विषयमाथि संगठनको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय क्रान्तिकारी अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २५ दिनेदेखि आमरण अनसनरत केसीले राखेका मागहरु तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।

सम्पूर्ण नीजि मेडिकल कलेजलाई राष्ट्रियकरण गर्दै स्वास्थ्य क्षेत्रको जिम्मा पूर्णरुपमा राज्यले लिनुपर्ने धारणा अखिल (क्रान्तिकारी)ले अगाडि सारेको छ । स्वास्थ्य क्षेत्रको पूरै जिम्मा सरकारले नलिएसम्ममा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या समाधान नहुने तर्क उसले गरेको छ ।

‘चिकित्सा शिक्षा मात्र होइन, जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने नर्सिङ, फार्मेसी, एचए, ल्याब एसिस्टेन्ट, रेडियोलोजीलगायत विषयलाई गुणस्तरीय बनाउन राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरी अविलम्ब लागू गर्न माग गर्दैछौं’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राजीनामा दिएका कानून मन्त्री शेरबहादुर तामाङ र विराटनगरस्थित नवनिर्मित बी एण्ड सीका मुख्य संचालक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सा शिक्षा अध्यायनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले राष्ट्रिय अस्मितामाथि आँच र राष्ट्रलाई नै लज्जित तुल्याउने काम गरेको जनाउँदै दुवै जनालाई तत्काल नियन्त्रण लिई कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘राजीनामा दिएर चोखिन मिल्दैन । तामाङ र मेडिकल माफिया प्रसाईँलाई तत्काला नियन्त्रणमा लिई कारवाही गर्न जोडदार माग गर्दछौं ।’

बंगलादेशमा अध्यायनरत सबै नेपाली विद्यार्थीको अवस्थाबारे स्थलतगत अध्यायन गरी वास्तविक स्थिति सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ । प्रसाईँलाई मेडिकल शिक्षाको माफियाको संज्ञा दिइएको छ । प्रसाईँ केही दिनपहिले एक टेलिभिजनमा बोल्दै  बंगलादेशमा अध्यायनरत नेपाली छात्राहरुले डाक्टरकाे सर्टिफिकेट पाउन कलेज संचालकहरुलाई ‘अस्मिता सुम्पिनु परिरहेको’ अभिव्यक्त्ति दिएका थिए । मन्त्री तामाङले पनि साेही अाशयको भनाई सार्वजनिक रुपमा राखेका थिए । उक्त भनाईको चाैतर्फी विराेध भएपछि मन्त्री तामाङले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् ।

त्यस्तै कृषि तथा वन विश्वविद्यालयले आंगिक कलेज विस्तार नगरेर आर्थिक चलखेलबाट नीजि कलेजलाई सम्बन्धन दिन गरेको निर्णय तत्काल खारेज गर्न विश्वविद्यालय प्रशासनलाई चेतावनी दिइएको छ ।

उदयपुरमा संचालित मोर्डन इन्स्च्यिुटमा अध्यायनरत विद्यार्थीसँग उत्तिर्ण गरिदिने प्रलोभनमा चर्को रकम असुलेको, इन्स्च्यिुटले छात्राहरुमाथि अनैतिक व्यवहार गरेको र छात्रवृत्तिमा चरम अनियमितता गरेको अभिभावकहरुबाट गुनासो र उजुरी परेपछि अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । इन्स्च्यिुटलाई समस्या सल्टाउनबारे ध्यान दिन आग्रह गर्दै अखिल (क्रान्तिकारी)विरुद्ध झुठा आरोप नलगाउन र अनर्गल प्रचार नगर्न समेत उसले इन्स्च्यिुट प्रशासनलाई चेतावनी दिएको छ ।

त्यसैगरी जनयुद्धकालीन द्वन्द्वका पीडित गोरखा फुजेलकी गंगामाया अधिकारीलाई न्यायको साटो नगद रकम दिने भनी सरकारले गरेको निर्णयको अखिल (क्रान्तिकारी) विरोध गरेको छ । उसले पैसा दिनुलाई गैरन्यायिक र शान्तिविरोधी कदम भन्दै गंगामायालाई पैसा होइन न्याय दिनुपर्नेमा जोड दिएको छ ।

विगतको द्वन्द्वका सबै पीडितहरुलाई राज्यले कुनैपनि बहानामा भेदभाव गर्न मिल्दैन । त्यसकारण गैरकानूनी तरिकाले गंगामायालाई पैसा दिने निर्णय तत्काल खारेज गर्न र सम्पूर्ण द्वन्द्वपीडितहरु उचित न्यायसहित सम्बोधन गर्न  जोडदार माग गर्दछौं’ अध्यक्ष ढकालले विज्ञप्तिमा भनेका छन् । सरकारले हालै मात्र गंगामायालाई तोडाउँदै १ करोड २० लाख रुपैयाँ नगद दिने निर्णय गरेको थियो । निर्णयको चाैतर्फी विरोध भइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी