अनौठो र महंगो विवाह प्रस्ताव !

अनौठो र महंगो विवाह प्रस्ताव !

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

अनलाइन मिडियामा न्युजिल्यान्डका पर्सनल ट्रेनर जोसेफ राचिकको माग अत्यधिक छ । उनी अनलाइनमार्फत हजारौं व्यक्तिलाई शारीरिक अभ्यास गराइरहन्छन् । उनकी प्रेमिका हुन्— मार्याम माति, जसलाई जोसेफ मिमी पनि भनिन्छ ।

जोसेफ मिमीलाई अत्यधिक चाहन्छन् । यही कारणले गर्दा नै गत भ्यालेन्टाइन डेमा उनले मिमिलाई १ हजार गुलाबको फूल तथा एउटा हरियो रंगको ल्याम्बोरहिनी कार उपहार दिए । अब अनुमान गर्नुस् त, उनले मिमीसमक्ष विवाह प्रस्ताव राख्दा के गरे होलान् ?

हालै उनले मिमीसमक्ष विवाह प्रस्ताव राख्न उनको आँखामा पट्टी बाँधेर हेलिकप्टर चार्टर गरी न्युजिल्यान्डको मुख्य रंगशाला इडेन पार्कमा अवतरण गराए । यसका लागि उनले इडेन पार्क नै बुक गरेका थिए । हेलिकप्टर अवतरण गरेपछि जोसेफले आँखामा पट्टी बाँधेकी प्रेमिकालाई बोकेर एउटा बाकसको अगाडि ल्याए अनि आँखाको पट्टी खोलिदिँदै बाकस खोल्न भने । उक्त बाकसमा गुलाबी रंगको ल्यान्डरोभर जिप थियो । त्यसपछि जोसेफले विवाहको प्रस्ताव राख्दै उनको औंलामा चमचमाउँदो हीराको औंठी लगाइदिए । साप्ताहिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी