१३ नम्बरलार्इ किन अशुभ मानिन्छ ? यसाेभन्छ अंक विज्ञान, अनौठा तथ्यहरुसहित

१३ नम्बरलार्इ किन अशुभ मानिन्छ ? यसाेभन्छ अंक विज्ञान, अनौठा तथ्यहरुसहित

  • सोमवार, असार ३२, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

एजेन्सी।

अधिकाशं मानिसहरू प्राय १३ अंकलाइ अशुभ मान्ने गर्छन् । साेहि कारण मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउने गरेकाे पनि पार्इन्छ । अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।

१३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले  सिर्जना गरेकाे माहोलका कारण मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए ।

यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण मान्न थाले ।

मनोविज्ञहरुले १३ अंकप्रतिको डरलाई टि्रस्काइडेका फोबिया अर्थात् थर्टिन डिजिट फोबिया नाम दिए । डर यतिसम्म बढ्यो कि सोही कारण मानिसहरु १३ नम्बरको प्रयोगबाटै टाढा भाग्न थाले ।

कतिपय होटल तथा भवनहरुमा त १३ नम्बरको कोठा वा तेह्रौं तला नै नराखिएको पाइन्छ । फ्रान्समा त रेष्टुरेन्टहरुमा १३ नम्बरको कुर्सी नै नराख्ने चलन छ । इटालियन ओपेरा हाउसहरुमा पनि १३ नम्बरको प्रयोग सकेसम्म गरिँदैन ।

उता भारतको सबैभन्दा व्यवस्थित मानिने चण्डीगढ सहरमा पनि १३ नम्बरको भूतले सताएको छ । पण्डित जवाहरलाल नेहरुको सपनाको उक्त सहरमा सेक्टर नम्बर १३ नै गायब छ । उक्त सहरको डिजाइन विदेशी नागरिकले गरेका थिए, जसलाई १३ नम्बरको फोबिया थियो ।

उता भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जिवनमा १३ नम्बरको निकै गहिरो सम्बन्ध तथा संयोग छ । प्रधानमन्त्री बन्ने तथा हट्ने धेरै कुराका निमित्त १३ तारेख तथा १३ दल आदिको संयोग पर्‍यो ।

अंक विज्ञान के भन्छ ?

अंक विज्ञान वा न्युमोरोलोजीको हिसाबले पनि १३ अंकलाई शुभ मानिँदैन । यसको मुख्य कारण १२ अंकलाई मानिन्छ ।

वास्तवमा न्यमोरोलोजीमा १२ नम्बरलाई पूर्णताको प्रतीक मानिन्छ । त्यसैले त्यो पूर्ण अंकमा १ जोड्नुलाई दुर्भाग्यको प्रतीक मान्ने गरिन्छ ।

तर कतिपय मानिसहरुको मत के छ भने १३ नम्बरलाई अशुभ भन्नु केवल अन्धविश्वास हो र यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी