गायकलाई अंकमाल गरेको आरोपमा युवती पक्राउ

गायकलाई अंकमाल गरेको आरोपमा युवती पक्राउ

  • सोमवार, असार ३२, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

सेलिब्रेटि या कलाकारहरूलार्इ अंकमाल गर्नु र सेल्फी खिच्नु कतिपय मुलुकमा सामान्य मानिन्छ । तर केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा क्रूर छन् ।

हालै साउदी अरबको पश्चिमी सहर तैफमा मा एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् ।

शुक्रबार त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् ।

त्यसपछि त्यहाँ उपस्थित महिला सुरक्षाकर्मीहरुले ती युवतीलाई तत्कालै पक्राउ गरे । ती युवतीलाई पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ ।

स्मरण रहोस् साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । मदिरा, पहिरन तथा महिलाका विषयमा निकै सख्त कानून रहेको साउदी अरबमा सार्वजनिक समारोहमा महिलाको उपस्थितिका विषयमा पछिल्लो समय केही लचकता अपनाउने प्रयास गरिएको छ ।

युवराज मोहम्मद बिन सलमानले गत वर्ष सुरु गरेको भिजन २०३० अन्तर्गत सुरु गरिएको सुधारमा सांस्कृतिक तथा मनोरञ्जनात्मक खर्चलाई बढाएर वार्षिक ६ प्रतिशतमा पूराइएको छ ।

महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ । गत डिसेम्बरमा पहिलोपटक साउदी अरबमा लेबनानी गायिका हिबा तावाजीको कन्सर्टको आयोजना गरिएको थियो । त्यो नै साउदीमा आयोजित पहिलो आधिकारिक महिला कन्सर्ट हो । एजेन्सीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी