विद्यालयले बनायाे छात्राहरुले सेतो रंगको भित्रीवस्त्र लगाउनैपर्ने नियम, निश्चित समयमा मात्रै ट्वाइलेट जान दिइनेः अभिभावकहरु आक्रोशित 

विद्यालयले बनायाे छात्राहरुले सेतो रंगको भित्रीवस्त्र लगाउनैपर्ने नियम, निश्चित समयमा मात्रै ट्वाइलेट जान दिइनेः अभिभावकहरु आक्रोशित 

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

छिमेकी मुलुक भारतको एक विद्यालयमा छात्राले लगाउने  भित्री बस्त्रको रंग पनि निर्धारण गरिदिएको छ । पूणेस्थित एमआइटी ग्रुपले सञ्चालन गरेको विश्वशान्ती गुरुकुलले वाहिरी ड्रेसकोड सँगै भित्री बस्त्रको रंग पनि निर्धारण गरि निर्देशिका जारी गरिएको छ । याे छात्राहरूका लागि मात्रै हाे ।

गुरुकुलले छात्राहरुलाई सेतो वा छालाको रंग -स्किन कलर)को भित्रीवस्त्र मात्रै प्रयोग गर्न भनेको छ । विद्यालयको डायरीमा लेखिएको यो नियम प्रष्टसँग लेखिएको छ र अभिभावकलाई यसमा सहि गर्न भनिएको छ । नियम उंल्लघन गर्नेलाई जरिवाना तिराइने पनि बताइएको छ ।

यतिमात्रै होइन विद्यालयले बालबालिकाहरुलाई निश्चित समयमा मात्रै ट्वाइलेट जान दिइने बताएको छ ।

तर यस विषयले भारतमा ठूलो विवाद निम्त्याएको छ । विद्यालयको यस्तो उर्दीपछि अभिभावकहरु आक्रोशित भएका छन् । उनीहरुले विद्यालय प्रशासनको खुलेर विरोध गरेका छन् ।

विद्यालयले बलपूर्वक अनावश्यक नियम बनाएको भन्दै यसलाई परिवर्तन गर्न अभिभावकहरुले माग गरेका छन् । उनीहरुले बेतुकको नियम बनाएको भन्दै विद्यालय प्रशासनलाई कारबाही गर्न शिक्षा विभागमा निवेदन दिएका छन् ।

उता, विद्यालय प्रशासनले भने यो नियम बालिकाहरुको सुरक्षाको लागि बनाएको भन्दै परिवर्तन नगर्ने बताएको छ ।

विद्यालयको कार्यकारी निर्देशक सुचित्रा करद नागरेले भन्छिन्, ‘विद्यालयको सेतो पोशाक भित्र रंगिन भित्री वस्त्र लगाउँदा छात्राहरुलाई जिस्क्याइएको र लज्जित बनाइएको गुनासो धेरै आएकाले यस्ता नकरात्मक अनुभवबाट बँच्न यो नियम ल्याइएको हो ।’

उनका अनुसार सबै अभिभावकलाई एक-एक गरेर यो नियमको बारेमा भन्न गाह्रो भएकाले विद्यालयले डायरीमै यसलाई उल्लेख गरेको हो । विवाद बढेपछि पुणे म्युनिसिपल कर्पोरेसनले यस विषयमा छानबीन गर्न शिक्षा बोर्डलाई निर्देशन दिएको छ ।

विद्यालय प्रशासनले भित्रीवस्त्रको रंग जारी गर्नका साथै विद्यालयमा छात्राका लागि २० देखि २२ जटिल नियम जारी गरेको छ । यस नियम अनुसार बच्चाले पटक पटक ट्वाइलेट प्रयोग गर्न नपाउने भनिएको छ । त्यतीमात्र नभएर यसका लागि अभिभावकलाई एक सपथपत्रमा समेत हस्ताक्षर गराइएको छ र यदि विद्यालयको नियम उल्लंघन गरेमा फौजदारीसम्मको कारवाही गराउने चेतावनी दिइएको छ ।

यसका साथै यदि सेनेटरी प्याड सही ढंगले डस्टबिनमा राखिएन भने भारु पाँच सय रुपैयाको जरिवाना लिइनेछ । अभिभावकले सफाई खर्च पनि व्यहोर्नुपर्नेछ । छात्राको स्कर्टको लम्बाई घुँडासम्म हुनुपर्ने बतायएको छ । छात्रालाई कुनैपनि किसिमको मेकअप गर्न मनाही गरिएको छ । – एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी