परस्त्रीसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि एक महिलाले पतिको योनांग काटेर फालिदिईन्

परस्त्रीसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि एक महिलाले पतिको योनांग काटेर फालिदिईन्

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

थाइल्याण्डमा एकजना महिलाले आफ्नो पति अर्कै महिलासँग अनैतिक सम्बन्ध बनाएको थाहाँ पाएपछि पतिको लिंग छिनालिदिएकी छन् । लोग्नेको परस्त्रीसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि रिसले चूर भएकी ती महिलाले धारिलो चक्कुले प्रहार गरी लोग्नेको यौनांग च्वाट्टै पारिदिइन् । अनि काटेको लिंगको टुक्रा झ्याल बाहिर फ्याँकिदिइन् ।

समाचार अनुसार लोग्नेको लिंग छिनाउने महिला २४ वर्षीया करुण सनुसन हुन् । उनी आफैंले पुलिस समक्ष अपराध स्विकार गरेकी छन् । लोग्नेको परस्त्रीसँगको सम्बन्ध थाहा पाएपछि आफूले रिस थाम्न नसकेको र आक्रमणमा उत्रिएको उनले बताइन् ।

४० वर्षीय पति सिरिपनलाई रातमा सुतेको बेला उत्तेजित बनाएर १२ इन्च लामो चक्कुले यौनांग काटिदिएको उनले बताएकी छिन् । त्यसपछि उनले काटेको लिंग कसैले नभेटोस् भनेर टुक्रालाई कोठाको झ्यालबाट बाहिर फ्याँकिन् । सिरिपन रगतले लतपतिएर कोठामै लडिरहेका थिए । उनको चिच्याहट सुनेर छिमेकीहरुले तत्कालै पुलिसलाई खबर गरे ।

पुलिस तत्कालै आएर लिंग काटिएका व्यक्तिको उद्दार गरी महिलालाई पक्राउ गर्यो । काटेर फ्याँकिएको लिंगको टुक्रा खोजेर बरफको डिब्बामा राखेर विरामीलाई अस्पताल लगियो । तर डाक्टरहरुले छिनालिएको लिंग पुनः जोड्न असम्भव रहेको बताएका छन् । उनको अहिले पनि अस्पतालमा उपचार चलिरहेको बताइएको छ । लोग्नेको लिंग छिनाल्ने महिला पुलिस हिरासतमा छिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी