मालिकको खानामा महिनावारी हुँदाको रगत मिसाईदिएपछि…..

मालिकको खानामा महिनावारी हुँदाको रगत मिसाईदिएपछि…..

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी ।
एक महिलाले मालिकसँगको सम्बन्ध सुधार गर्नका लागि भन्दै खानामा महिनावारीको रगत मिसाईदिएकी छिन् ।

इण्डोनेसियाकी इन्द्रा निंसिह नाम गरेकी ती २६ वर्षीय महिलाले केही समय अघि आफ्नो मालिकसँगको अस्थिर सम्बन्ध सुधार्ने उपायका नाममा खानामा महिनावारीको रगत मिसाएकी हुन् ।

द स्ट्याण्डर्ड अखबारले जनाए अनुसार उनले काम गर्ने वातावरण सुध्रिने आशले यस्तो परिकार मालिकलाई खुवाउन लागेको बताएकी थिइन् । अखबारका अनुसार दक्षिणपूर्व एसियाका केही संस्कृतिहरूमा महिनावारीको रगतमा विशेष कालो जादूको शक्ति हुने गरेको विश्वास गरिन्छ ।

निंसिहले बनेको यस्तो परिकार उनका मालिकले खान भने पाएका थिएनन् । उनकी अर्की सहकर्मीले भान्छाकोठाको ढोकाबाट चियाउने क्रममा उनको शंकास्पद गतिविधि फेला पारेपछि उनको पोल खुलेको थियो ।

उनकी सहकर्मी भान्सामा छिरेपछि उनले हतारहतार कुनै चीज डस्टबिनमा फालेकी थिइन् । मोक नाम गरेकी उनकी सहकर्मीले उक्त वस्तु नियाल्दा रगत लागेको टेम्पून भएको प्रमाणित भएको थियो ।

हङकङको एउटा कम्पनीमा कार्यालय सहायकको रूपमा कार्यरत रहेकी ती महिलामाथि खानामा विष या अन्य हानिकारक पदार्थ मिसाएको मुद्दामा कारवाही भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी