फेसन कि शोख: अनुहार चम्काउन भन्दै कुकुरको मुत्रपान !

फेसन कि शोख: अनुहार चम्काउन भन्दै कुकुरको मुत्रपान !

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

आफ्नो अनुहार राम्रो, चम्किलो र सुन्दर देखियोस भन्ने चाहना त सबैमा हुन्छ । त्यसैका लागि बिभिन्न फेसवास तथा क्रिमहरुको प्रयोग पनि गर्ने गर्छन् तर एक जना महिलाले भने आफ्नो अनुहार सुन्दर देखाउन कुकुरको पिसाव खान थालेकी छन् ।
कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने दाबी गर्दै उनले दैनिक आफैले पालेको कुकुरको पिसाव थापेर खाने गरेकी छिन् ।
एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् ।
नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् ।
सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।
उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’
त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई स्वाट्ट पिउँछिन् ।
एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’
कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ । प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा भएपनि आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी