चार्जमा राखेको मोबाईल पड्कदा सीईओ नाजरीनको मृत्यु

चार्जमा राखेको मोबाईल पड्कदा सीईओ नाजरीनको मृत्यु

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाण्डौ ।
स्मार्टफोन पड्किदा मलेशियामा एकजनाको मृत्यु भएको छ । चार्जमा राखेको फोन पड्कदा मलेशियाको क्रैडल फंड का सीईओ नाजरीन हसन को मृत्यु भएको हो ।

मीडिया रिपोर्टका अनुसार चार्जमा राखेको मोवाईल भोल्टेज बढी भएका कारण ब्लास्ट हुँदा आगो लागेको थियो ।
बेडरूममा दुई वटा फोन चार्जमा राखेको र ब्लाष्ट हुँदा पुरै कोठामा आगो लागेर ४५ बर्षिय उनको ज्यान गएको हो ।
दुई वटा मोवाईल सँगै चार्जमा राखेकाले कुन फोन ब्लाष्ट भयो भन्ने थाहाँ हुन नसकेको तर हसनको मोवाईलले लागेर नभएर कोठामा आगो लाग्दा धुवा भरिएर निसास्सीदा मृत्यु भएको प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्यि सन्चार माध्यमले जनाएका छन् ।
हसनको मृत्यु आगो लागेपछि धुवामा निसास्सएर मृत्यु भएको दाबी प्रहरीले गरेपनि परिवारले भने मोवाईल ब्लाष्ट हुँदा त्यसले लागेर मृत्यु भएको बताएको छ ।

हसनका एक जना आफन्तले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, हसनको मोवाईल ब्लाष्ट हुँदा त्यसको केहि टुक्राले लागेर घाईते भए र पछि कोठामा आगो लाग्यो तर उनको त्यस अघि नै मृत्यु भईसकेको थियो ।

हसन के परिवार ने मलेशिया इंसाइटलाई बताए अनुसार हसनका साथमा ब्लैकबेरी र हुवाई फोन रहेको तर कुन मोवाईल फोन ब्लाष्ट भयो थाहाँ छैन ।

उता क्रैडल फंडले जारी गरेको आधिकारिक बयानमा पनि “पोस्टमोर्टमको रिपोर्टमा मोबाईल ब्लास्ट भएकै कारण उनको मृत्यु भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी