‘स्टोरेज फुल’ भन्ने नोटिफिकेसन अाएर हैरान हुनुहुन्छ ? खाली गर्ने ५ तरिका

‘स्टोरेज फुल’ भन्ने नोटिफिकेसन अाएर हैरान हुनुहुन्छ ? खाली गर्ने ५ तरिका

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

धेरैकाे स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन अाएर हैरान बनाउछ ।फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ ।

स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । तर त्याे सँगै  अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानीपूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ । त्यसैले स्मार्टफाेनकाे स्टोरेज स्पेस खाली गर्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्नेः यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जानुस् र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्नुहाेस ।

२. मल्टिमिडिया सामाग्री हटाउनुहोस्ः फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।

३. क्लाउडको प्रयोगः आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।

४. स्मार्टफोन रिसेट गर्नेः यदि माथि उल्लेखित उपायहरुले पनि काम नगरेमा  रिसेट नै गर्न पर्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप  राख्नुपर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी