स्यानिटरी प्याडबाट वातावरणलाई जोगाउने मेसिन ! प्रत्येक महिना ६० करोड प्याड प्रयोग

स्यानिटरी प्याडबाट वातावरणलाई जोगाउने मेसिन ! प्रत्येक महिना ६० करोड प्याड प्रयोग

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

एजेन्सी ।
रजश्वला भएका महिलाले प्रयोग गरेर फ्याँकिएको स्यानिटरी प्याडको व्यावस्थापनका लागि वैज्ञानिहरुले नयाँ आवश्कार गरेका छन् ।

उक्त स्यानिटरी प्याड नजल्ने भएकाले व्यावस्थापनमा समस्या हुँदै आएको थियो ।

भारतको नागरपुरस्थित नेसनल इन्भारोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्यूट (निरी)को अगुवाइमा त्यहाँका वैज्ञानिकहरुले बिजुलीबाट चल्ने एउटा नयाँ भट्टी तयार गरेका हुन् ।

जसले मानिस र पर्यावरण दुवैको ख्याल गर्दछ । बीबीसी हिन्दीका अनुसार यस्ता भट्टीलाई स्वयंसेवी संस्था तथा नगरपालिकाको सहकार्यमा सार्वजनिक स्थान तथा होटलहरुमा राख्ने र प्रयोग भएका प्याड त्यही भट्टीमा जलाइन सकिने जनाएको छ ।

दुई वर्ष अघिसम्म हरेक महिना ३३ देखि ३५ करोडसम्म स्यानिटरी प्याड प्रयोग हुने गरेकोमा अहिले त्यो संख्या ५५ देखि ६० करोड पुगेको शोधकर्तामध्येका एक डाक्टर नितिन लाभसेटवारले बताए ।

प्रयोगपछि स्यानिटरी प्याडहरु अन्य ठोस फोहोरसँगै फ्याँकिने, कुनै खुल्ला स्थानमा गाडिने वा ट्वाइलेटबाट फ्लस गर्ने गरिन्छ ।
यसले प्रदुषणको समस्या दिनानुदिन बढिरहेको मात्र होइन प्रयोग भएका प्याडमा लागेको रगतमा भएका सुक्ष्म जिवाणु वातावरणमा फैलिएर त्यसले संक्रमणको खतरा पनि पैदा गर्दछ ।
कहिलेकाहीँ त प्रयोग गरेर फोहोरमा फ्याँकिएका प्याडहरु भुस्याहा कुकुरले च्यात्दै हिँडेको दृश्य पनि देखिन्छ । ट्वाइलेटबाट फ्लस गरिने ठूलो संख्याका स्यानिटरी प्याडहरुले पानी सोस्दै फुलिने हुँदा ढल जाम हुने गरेको छ ।

प्रयोग गरिएका प्याडहरु सामान्यतया प्लास्टिकमा पोको पारेर अन्य फोहोरसँगै फ्याँक्ने गरिएको हुन्छ । त्यसैले यस्ता प्रयोग भैसकेर फ्याँकिएका प्याडहरु एकत्रित गरेर वैज्ञानिक तवरले नष्ट गर्नु निकै चुनौतिपूर्ण रहेको अनुसन्धानकर्ताको भनाई छ ।

वैज्ञानिकहरुले तयार पारेको प्याड जलाउने विद्युतीय भट्टी वातावरणमैत्री छ । प्याड राम्रोसँग जलोस् भन्नका लागि मेसिनमा दुईवटा एयरवेज राखिएको छ । साथै अतिरिक्त हिटरको पनि प्रयोग गरिएको छ । एक हजार डिग्रीको अति उच्च तापक्रममा जलाइने भएकाले त्यसक्रममा धुवाँ पनि निस्किँदैन । बिजुली धेरै खर्च नहोस् भनेर निकै राम्रो पर्फमेन्सवाला हिटर डिजाइन गरिएको छ । उक्त मेसिनमा जलाइएको प्याडको खरानी पनि परीक्षण गरियो र त्यसक्रममा उक्त खरानीमा कुनै हानिकारक तत्व फेला परेन ।

शोधकर्ता नितिनका अनुसार उक्त भट्टीमा एक पटकमा ५ देखि १५ प्याड जलाउन सकिन्छ र पूरा जल्नका लागि १२ देखि १५ मिनेट लाग्दछ । यस हिसाबले १० घण्टामा ३ सयदेखि ६ सय वटासम्म प्याड सजिलो तथा सुरक्षित तरिकाले नष्ट गर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी