हालै इण्डोनेसियाकाे दक्षिण पूर्वी सुलावेशी प्रान्तमा आफ्नै बारीबाट बेपत्ता भएकी एक जना महिला अजिंगरको पेटभित्र फेला परेकी छिन् ।
गत जुन १४ मा वा टिबा बारीमा काम गर्न भन्दै घरबाट निस्किएकी थिइन् । ५४ वर्षकी टिबालाई एउटा भयंकर अजिंगरले सिँगै निल्यो ।
बेलुकी अबेरसम्म पनि टिबा बारीबाट घर नफर्किएपछि घरका सबै अात्तिए । अर्को दिन बिहान घामको झुल्कोसँगै उनको खोजी सुरु भयो । केही छिनमै टिबाले लगाएका चप्पल, टर्चलाइट तथा उनले लगेको कुटो झाडीको नजिकै फेला पर्याे ।
त्यहाँ नजिकै विशाल अजिंगर थियो । त्यसको पेट निकै फुलेको थियो । अजिंगरले सबैभन्दा पहिले टिबाको टाउकोमा आक्रमण गरी टाउकाको भाग निलेछ । त्यसपछि सरीरको सबै भाग निलेछ । महिलाको त्यत्रो जिउ निलेपछि अजिंगर राम्रोसँग हिड्नै सकेन ।
त्यस्तो हालतमा अजिंगर देखिसकेपछि सबैलाई एकिन भयो कि त्यसैले टिबालाई खाएको हो । सबैजना डराए । मानिसहरु अजिंगरले निलेकी टिबा सकुशल बाहिर आउन सकुन् भन्ने प्रार्थना गर्न थाले । बिहान ९ बजेसम्म त्यहाँ सयौँ मानिस जम्मा भए । त्यसपछि अजिंगरलाई मारियो र उसको सरीर चिरियो ।
अजिंगरको आहारा बनेकी महिला जिवित हुने कुरै भएन । उनको टाउकोको भाग अजिंगरको पेटको पछिल्लो भागमा र बाँकी सरीर अजिंगरको मुखतर्फको भागमा थियो । अजिंगरको लम्बाई झण्डै २७ फिट रहेको बताइएको छ । ‘
