एजेन्सी ।
गर्मी गराएको भन्दै सूर्यविरुद्ध पुलिसमा उजुरी परेकेा छ । त्यतिमात्र हैन कानूनी कारवाहीको माग समेत गरिएकाे छ । अत्याधिक गर्मि भएकाे भन्दै गर्मि गराउने सूर्यमाथि कार्रवाहिकाे माग गर्दै उजुरी परेकेा हाे ।
भारत मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका हुन् । जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ तर सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका छन् ।
आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले भारतीय संविधान तथा अन्य कानून बमोजिम सूर्यलाई सख्त कारवाही हुनुपर्ने माग पनि गरेका छन् ।