चन्द्रमाको माटोमा हक माग्दै अदालतमा मुद्वा !

चन्द्रमाको माटोमा हक माग्दै अदालतमा मुद्वा !

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

अहिले अदालतमा एउटा अनाैठाे मुद्वा परेकेा छ , चन्द्रमाकाे माटाे अाफुले राख्न पाउनु पर्ने माग सहित ।

अमेरिकाको टेनिसीमा बस्ने  लारा मरे नाम गरेकी महिलाले चन्द्रमाकाे माटाे अाफुसँग भएकाे र उक्त माटाे अाफैले राख्न पाउनु पर्ने भन्दै अदालतमा मुद्वा हालेकी हुन् ।

उनले एकजना वकिल नै राखेर मुद्दा हालेकी हुन्, आफुबाट त्यो चन्द्रमाको माटो नासाले लैजान नपाओस् भनेर । यद्यपि अहिलेसम्म नासाले चन्द्रमाको त्यो माटो लैजाने कुनै कोसिस गरेको छैन । तर लाराका वकिलका अनुसार चन्द्रमासँग जोडिएका हरेक चिजहरु आफुसँग राख्ने इतिहास नासाको रहेको छ ।

लाराका वकिल म्याकह्युजका अनुसार लारा नै त्यस माटोको वास्तविक मालिक हुन् । यसको सबूतका रुपमा उनी निल आर्मस्ट्रंग स्वयंले लेखेको चिर्कटो अटोग्राफ विशेषज्ञबाट प्रमाणि गराएको दाबी गर्दै पेश गर्दैछन् ।

एउटा सानो काँचको सिसामा रहेकेा अलिकति धुलो माटो चन्द्रमामा पहिलोपटक पाइला टेक्ने अन्तरीक्षयात्री निल आर्मस्ट्रङ्गले आफुलाई दिएको दाबी लाराको छ ।

लारा ११ वर्षकी छँदा आर्मस्टङङ्गले उनलाई त्यो चन्द्रमाको माटो उपहार दिएका थिए । तर उनले बाल्यकालमा दिएको त्यो माटोको महत्व बुझ्न सकिनन् र त्यसै कतै राखेर भुलिन् ।

आर्मस्ट्रंगले उनलाई उक्त माटो दिँदै एक नोट पनि लेखेर दिएका थिए । जसमा लेखिएको थियो, ‘यो लारा एन्न मरेका लागि हो । बेस्ट अफ लक, निल आर्मस्ट्रंग, अपोलो ११ ।

लाराका पिता टम मरे एयरफोर्सका पाइलट थिए र उनी निल आर्मस्ट्रंगका मिल्ने साथी पनि थिए

पाँच वर्षअघि आफ्ना मातापिताको निधन भएसँगै जब लारा आफ्ना बुवाआमाका घरका सरसामानहरु सरसफाइ गर्दै थिइन् तब उनी चन्द्रमाको माटो राखेको उक्त बोतल फेला पािरन् ।

नासाको कानून अनुसार चन्द्रमाबाट संकलन गरिएका हरेक नमूनाहरु अमेरिकी सरकारको अधिकार क्षेत्रमा रहने उल्लेख छ। नासाको नीति अनुसार चन्द्रमासँग जोडिएका सामानहरुको प्रयोग केवल सरकारको आधिकारिक उद्देश्यका लागि मात्र गर्न सकिन्छ ।

तर प्रश्न यो पनि छ कि के त्यो माटो साँच्चिकै चन्द्रमाबाट ल्याइएको हो ? अदालतमा पेश गरिएको कागातमा उक्त माटो विशेषज्ञबाट परीक्षण गराई चन्द्रमाकै भएको प्रमाणित गरिएको उल्लेख छ । यद्यपि चन्द्रमाको माटोमा पृथ्वीको माटो पनि मिलाइएको हुनसक्ने आशंका पनि गरिएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने यो माटोकी मालिक मरेले कानून बमोजिम यो माटो आफुसँग राख्न पाउलिन् कि नपाउलिन् ।

वास्तवमा उनले अदालतमा मुद्दा दायर गरी आफैले आफुसँग चन्द्रमाको माटो भएको कुराको जानकारी नासालाई गराएकी छिन् । जबकी उक्त माटोको बारेमा अहिलेसम्म कसैलाई प्नि थाहा थिएन । बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी