५ डलरमा किनेको जुस फिर्ता गर्दा ३४ अर्बको चिट्ठा परेपछि…

५ डलरमा किनेको जुस फिर्ता गर्दा ३४ अर्बको चिट्ठा परेपछि…

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

अमेरिकाकाे  न्यु जर्सीमा बस्ने ५५ वर्षका तैयब सूमीले ५ डलर काे चिठ्टा किन्दा ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका छन् ।

सूमीले ५ डलर मूल्यमा पसलबाट सुन्तलाको जूसको बोतल किनेका थिए तर अाफुले अर्काे पसलबाट अढाई डलरमा जुस किनेर ल्याएकाेले उक्त जुसलाइ महंगो हालेको भनेर उनकी पत्नीले किचकिच गरेपछि तैयबले आफूले खरीद गरेको जुसको बोतल फिर्ता गरे ।

र किनेको जूस फिर्ता गरेर तिरेको पैसा पनि फिर्ता लिए । त्यो पसलमा पावरबल ज्याकपट अर्थात् चिट्ठा खुलेको रहेछ । ज्याकपटमा जित्नेले ३०६ मिलियन डलर जित्ने उल्लेख थियो । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरे र घर आए ।

चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । अर्को दिन उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । तर पसल अगाडि पुग्ने बित्तिके उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले आफ्नो टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।

उक्त मेसिनमा टिकट स्क्यान गर्दा सो टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए । जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो । किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए । यो सुनेपछि उनको खुसीको सिमाना रहेन ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी