२८ जेठ,काठमाडौँ । केपी अाेली नेतृत्वकाे सरकारले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढाकाल सहितका नेताहरूकाे गिरफ्तार गरिएको भन्दै विभिन्न आठ विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र प्रकाश तिरुवालाई प्रहरीले सोमबार जोरपाटीबाट गिरफ्तार गरेको थियो । अाठ विद्यार्थी संगठनहरुले अाज साँझ संयुक्त विज्ञप्ति जारी गर्दै आठ विद्यार्थी संगठनकाे आन्दोलन सशक्त हुन थालेपछि सरकारले विना कारण गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छ ।
अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही,राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियुका सचिव पेशल दाहाल, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, अनेरास्ववियु (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका संयोजक आलोक रायमाझी र राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले हस्ताक्षर गरेकाे संयुक्त बिज्ञप्तीमा अध्यक्ष ढकालसहित तीनै नेतालाई रिहा नगरे आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी दिइएको छ ।
“पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइई गर्न हामी ८ विद्यार्थी संगठन जोडदार माग गर्दछौं । हाम्रो मागलाई बेवास्ता गरिए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।
यसअघि अखिल.क्रान्तिकारी)का महासिचव प्रकाश शाहिले बिज्ञप्ती निकालेर अाफ्रनाे संगठनका अध्यक्ष ढकाल सहितका तीनै जना नेताहरूलाइर् तत्काल रिहा गर्न अाग्रह गर्नुभएकाे थियाे । गिरफ्तारीप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि उहाँले बताउनु भएको छ ।
उहाँले नेपालको शिक्षा क्षेत्रमा भएको निनिकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणको पूर्ण रुपमा अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्ने अभियानमा रहेका बेला बिना कारण बिद्यार्थी नेताहरुको गिरफ्तार गर्नुले सामाजिक फासिवादी राज्यको चरित्र झन उदाङगीएको बताउनु भयो ।
यस्तै गैरन्यायीक रुपमा गिरफ्तार अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र प्रकाश तिरुवाको रिहाइको माग गर्दै काठमाडौं ठमेल रोडमा अखिल (क्रान्तिकारी) द्वारा बिरोध प्रदर्शन समेत गरेकेा थियाे ।
यस्तै अाजै साझ मसालजुलुस सहित प्रदर्शन समेत गरेका छन् ।



